बाँसबारीद्वारा पुल्चोक २–० गोलले पराजित

काठमाडौंः सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लबले सहज जित निकालेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गरेको हो । बाँसबारीलाई जित दिलाउन दुबै गोल निशान सुनारले गरे । उनले खेलको ४७औँ र ६९औँ मिनेटमा गरेका हुन् । जितसँगै ८ खेलबाट १८ अंक जोडेको बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ । लिगअन्तर्गत आजै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले श्री कुमारी क्लबलाई २–१ ले हरायो । एन्फा कम्प्लेक्समा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै मध्यपुरले पुनरागमन जित निकालेको हो । मध्यपुरको जितमा कैलाश लामिछानेले ४५औँ र धिरज श्रेष्ठले ४८औँ मिखेटमा गोल गरे । श्री कुमारीका आशिष राईले एक गोल गरे । उनले खेलको ४०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै आठ खेलबाट ७ अंक जोडेको मध्यपुर लिगको नवौं स्थानमा उक्लिएको छ । ८ खेलमा ७ अंक जोडेको कुमारी आठौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie