बाँकेमा थप ४७ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो  

काठमाडौ : नेपालमा आज एकै दिन ६२ जनामा कोरोना संक्रमण भेटिएको छ । सबैभन्दा बढी बाँकेमा ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा एकै दिन संक्रमण पुष्टि भएको छ । उनीहरु यसअघि संक्रमित भेटिएका नरैनापुरमा बासिन्दा भएको बताइएको छ । एकै दिन एउटै जिल्लामा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठुलो संख्या हो । त्यस्तै रौतहटका नौ, जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बारा, मोरङ, विराटनगर, गुल्मी, धादिङ, धनुषा, र दाङमा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विहान रौतहटका आठ र बाराका एक जनामा संक्रमण भेटिएको थियो । बाँकी ५३ जनाको संक्रमण पुष्टि, भेरी अस्पताल नेपालगञ्ज, भैरहवा, धुलिखेल र विराटनगरमा गरिएको परीक्षणमा पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । संक्रमितमध्ये २ सय ९८ जना पुरूष र ५९ जना महिला रहेका छन् । अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन । दुई जना संक्रमितको भने मृत्यु भएको छ ।।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१७ बैशाख २०७७, बुधबार ०७:३६ १७ बैशाख २०७७, बुधबार ०७:३६

काठमाडौं : कोरोना…

२५ जेष्ठ २०७७, आईतवार १६:२४ २५ जेष्ठ २०७७, आईतवार १६:२४

काठमाडौं : नेपालमा…

१० भाद्र २०७७, बुधबार ०७:२५ १० भाद्र २०७७, बुधबार ०७:२५

काठमाडौं : कोरोना…

Techie