बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउनने जी सेभेनको तयारी

एजेन्सी । आद्यौगिक राष्ट्रहरुको समूह जी सेभेनका नेताहरुको बैठकले बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन महत्वपूर्ण सम्झौता गरेको छ । ती राष्ट्रहरुले अमेजन र गुगल लगायतका बहुराष्ट्रिय कम्पनीहरुबाट कम्तिमा १५ प्रतिशत अतिरिक्त कर असुली गर्न सहमति गरेका हुन् । लण्डनमा भएको मन्त्रीस्तरीय बैठकमा ठूला कम्पनीहरुको करको दायरा वृद्धि गर्न जी सेभेन सदस्य राष्ट्रहरु सहमत भएको बताइएको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटाली र जापान लगायतका मुलुकहरुले गरेको सो निर्णयले कोरोना महामारीमा भएको ऋण भुक्तानीका लागि अर्बौ डलर प्रवाह हुने बताइएको छ । आगामी महिना हुने जी ट्वान्टी मुलुकहरुको बैठकमा अन्य देशलाई पनि सो कर प्रणालीमा आबद्ध गराइने समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie