बहुप्रतिक्षित शो ‘फ्रेण्डस्’को नयाँ सिजन आउँदै

एजेन्सी : एक बहुप्रतिक्षित टेलिभिजन शो ‘फ्रेण्डस्’ आउँदो मे महिनामा रिलिज हुने भएको छ । सबैले रुचाएको कलाकारहरु राहेल ग्रीन, मोनिका गेलर, फोएबे बफे, च्यान्डलर बिङ, जोय ट्रिबेनी र रोस गेलरको अभिनय रहने ‘फ्रेण्डस्’ मे महिनामा रिलिज हुन लागेको हो ।

उक्त टेलिभिजन शो अंग्रेजी टिभि च्यानल ‘एचबीओ म्याक्स’बाट प्रशारित हुने छ । स्ट्रिमिङ सेवा समेत मे महिना मै उपलब्ध हुने एचबीओले उल्लेख गरेको छ । एचबीओ म्याक्सका प्रमुख सामग्री अधिकारी केविन रेइलीले समेत सामाजिक सञ्जाल इन्साटाग्राम मार्फत ‘फ्रेण्डस्’ रिलिज हुन लागेको जानकारी दिएका छन् ।

View this post on Instagram

Here for the lobster. 🦞

A post shared by HBO Max (@hbomax) on

तपाईको प्रतिक्रिया

Techie