बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङ । सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा असोज २७ गते मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । समिट एयरले प्रत्येक साता जिल्लामा दुई दिन मंगलबार र शुक्रबार नियमित उडान गर्ने तयारी थालेको हो ।समिट एयरले धनगढी देखि बझाङ, बझाङ देखि धनगढी को भाडादर ५ हजार ४८ रुपियाँ कायम गरेको छ । नियमित उडान तालिका सार्वजनिक गरेपश्चात जिल्लाबासीहरुमा खुसी छाएको छ । नागरिक उड्ययन प्राधिकरणले नै समिट एयरलाई भाडादर तोकि दिएको जनाएको छ । असोज २७ गते मंगलबारबाट नै नियमित उडान थाल्ने समिट एयरका पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले बताए । समिट एयरले असोज १७ गते सुदुरपश्चिमका ३ जिल्ला बझाङ,डोटी र बैतडीमा परिक्षण उडान गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie