बंगलादेशबाट खरिद गरिएको ३२ हजार ५ सय मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

काठमाडौ । बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । नेपाल र बगलादेश सरकारबीच भएको रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणको युरिया मल आइपुगेको हो । सम्झौता अनुसार बगलादेश सरकारले नेपाललाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । बाँकी १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताईएको छ ।

बाँकी मल छिटै नै उपलब्ध गराउन बङ्गलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । सरकारले धान खेतीको समयमा मलको अभाव हुन नदिन बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागेको हो । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने छन । पर्सामा मात्रै ९० प्रतिशत किसान व्यवसायिक रुपमा धान खेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie