प्लाज्माथेरापीबाट नेपालमै कोरोना संक्रमितको सफल उपचार

काठमाडौ । नेपालमा पहिलो पटक कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो ।

उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो अहिले धेरै सुधार देखिएको अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा. डा.सन्तकुमार दासले बताएका छन् ।

डा. दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । अहिले उनलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको दासले बताएका छन् । छ ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता ९एन्टिबडी० विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

तपाईको प्रतिक्रिया

Techie