प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरूको अनुसन्धान गर्न प्रधानमन्त्रीलाई एम्नेष्टीको आह्वान

काठमाडौ । प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूको अनुसन्धान गर्न प्रधानमन्त्रीलाई आह्वान गर्दै एम्नेष्टी इन्टरनेसनल नेपालले पत्र लेखन अभियान शुरू गरेको छ । एम्नेष्टी नेपालले प्रधानमन्त्री केपी ओली र सम्बन्धित निकायलाई प्रहरी हिरासतमा भएका मृत्युका सबै घटनाहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियान सुरु गरेको हो । एम्नेष्टीले आफ्नो वार्षिक पत्र लेखन अभियान ‘राइट फर राइट्स’मा एउटा नयाँ स्थानीय मुद्दालाई समेत समावेश गर्दै नेपालका अधिकारीहरूद्वारा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने जनाएको हो । उसले यातनाका कारण थुनुवाको मृत्यु भएकोमा सम्बन्धित दोषीलाई जवाफदेही बनाउनका लागि आवश्यक कदम चाल्न आह्व्हान समेत गरेको छ । छ महिनाको अवधिमा ६ जना व्यक्तिको हिरासतमा मृत्यु भएको एम्नेष्टीको दावी छ ।

तपाईको प्रतिक्रिया

Techie