प्रहरी छापामा फेरी उम्किए बमजन

काठमाडौ । सिन्धुलीस्थित रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरि छापा मारेको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको हो । बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ। अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ । यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। प्रहरीले बम्जन आश्रममा छापा हानेको यो तेस्रो पटक हो । पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन्।

तपाईको प्रतिक्रिया

Techie