प्रभु बैंक र सरकारी डक्टर्स एशोसिएसनबीच सम्झौता

काठमाडौं : प्रभु बैंक लिमिटेड र सरकारी डाक्टरहरुको संगठन सरकारी डक्टर्स एसाेसिएसन (गोदान) बीच प्रभु बैंक मार्फत् बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौता भएको छ ।

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहलमा आज एक समारोहकाबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गोदानका तर्फबाट अध्यक्ष डा. रबिन खडकाले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा प्रभु बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र सरकारी डक्टर्स एसाेसिएसनका तर्फबाट बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ती बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ लामाको उपस्थिति रहेको थियो ।

सम्झौता बमोजिम प्रभु बैंक गोदानको आधिकारिक बैंकको रुपमा रहनेछ । सरकारी डक्टर्स एशोसियसनले आफ्नाे सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ ।

गोदानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट बिना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ कारोबार गर्न सक्नेछन् । खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ ईण्टरनेट बैंकिङ, एटीएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्नसमेत सक्नेछन् ।

यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

सो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ ।

तपाईको प्रतिक्रिया

Techie