प्रधानमन्त्री देउवाद्धारा जोन्सनको खोपको शुभारम्भ

प्रधानमन्त्रीसँगै अमेरिकी राजदूतले गरे खोप केन्द्रहरुको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन्।जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन्।  प्रधानमन्त्री देउवासँगै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले जोन्सन एन्ड जोन्सन खोप अभियानको निरीक्षण गरेका छन् । उनले उपत्यकास्थित अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालन गरेको कुपण्डोल खोप केन्द्रको निरिक्षण गरे ।

खोपलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए । साथै, राजदूत बेरीले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय समेत सम्हालेका देउवालाई खोप केन्द्रबारे चासो राखेका थिए ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो। यो खोप एक डोजमात्र लगाए पुग्छ।
उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Techie