प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार हुदै

काठमाडौं:  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको छ । गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएपनि डिस्चार्ज गर्ने समय अहिले भन्न नसकिने चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको पहिलो पटक भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई मृगौला दिने समिक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie