प्रधानमन्त्री कप क्रिकेटः गण्डकीद्वारा प्रदेश एक दुई विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विशाल पौडेलको हयाट्रिकमा प्रदेश एकलाई दुई विकेटले पराजित गर्दै गण्डकी प्रदेशले प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी मैदानमा भएको खेलमा प्रदेश एकले निराशाजनक ब्याटिङ गर्यो। २७ दशमलव ४ ओभरमा अल आउट हुदै १०२ रनमा समेटियो । जवाफमा १०३ रनको विजय लक्ष्य पछाएको गण्डकीले ३७ ओभरमा आठ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । यसरी आठ विकेटको जितमा गण्डकीले पहिलो जित दर्ज गर्दा प्रदेश एकको भने यो लगातार दोस्रो हार हो ।

तपाईको प्रतिक्रिया

Techie