प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा बागमती प्रदेश र आर्मी भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिडदैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही बेरमा शुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनलमा पुग्ने प्रयासमा हुनेछन् ।

समूह ’बी’ को बागमती चार खेलमा सात अंक जोडेर समूह विजेता बनेको हो । आर्मी छ अंक जोडेर समूह ’ए’ को उपविजेता बनेको थियो ।खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ ।

बुधबार पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । प्रतियोगिताको विजेताले दश लाख पाउने छ । यस्तै उपविजेताले पाँच लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie