प्रधानमन्त्री ओलीद्वारा पूर्वसञ्चारमन्त्री बाँस्कोटाको बचाउ गर्दै अख्तियारमा परेको उजुरीलाई पत्रुको संज्ञा

 

प्रधानमन्त्री केपी ओलीले कमिशनमा मोलमलाई गरेको अडियो प्रकरणमा निबर्तमान संचार मन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए । उनले आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पत्रुको संज्ञा दिए ।

स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको समेत ओलीले उल्लेख गरे । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie