प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज गरिँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण आज गरिँदै छ । ओलीको मिर्गौला प्रत्यारोपण बिहान ९ बजेबाट शुरु गरिने अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्पताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिइएको अस्पतालले जनाएको छ । त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेकोसमेत अस्पतालले जनाएको छ ।

त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गर्ने क्रम जारी रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् ।

तपाईको प्रतिक्रिया

Techie