प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको  बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिन लागेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो ।

तपाईको प्रतिक्रिया

Techie