प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताएका हुन् ।उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । आफूले कसैसँग प्रधानमन्त्री पद नमागे पनि आफूहरूले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने देउबाले दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया

Techie