प्रदेश ५ का स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीलाई कोरोना संक्रमण

बुटवल : प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

कोरोनाविरुद्धको अभियानमा सक्रिय सहभागी चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन । उनी होम आइसोलेसनमा छन् ।

उनको सम्पर्कमा आएका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie