प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । आज बिहान उनको फेसबुक पेजको प्रोफाइल र कभर पिक्चर परिवर्तन भएको पाइएपछि ह्याक भएको थाहा भएको हो । पेज ह्याक भएको विषयमा अनुसन्धान भैरहेको उनको सचिवालयले जनाएको छ । ह्याकरले पेजमा मुख्यमन्त्रीको फोटो हटाएर युवतीको फोटो राखेका छन ।

तपाईको प्रतिक्रिया

Techie