प्रदेश १ र गण्डकी प्रदेशबाट ७९ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं : प्रदेश १ र गण्डकी प्रदेशमा गरी आज ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ बाट आज ७० जना संक्रमित डिस्चार्ज भएका हुन भने गण्डकी प्रदेशबाट ९ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना रहेका छन । योसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशबाट थप ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गोरखाका ९ जना संक्रमणमुक्त भएर घर फर्केका हुन् । संक्रमणमुक्त हुनेमा गण्डकी गाउँपालिकाका ५ जना र गोरखा नगरपालिकाका ४ जना छन । योसहित गण्डकी प्रदेशमा एक सय एक जना संक्रमणमुक्त भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१३ असार २०७७, शनिबार १२:१२ १३ असार २०७७, शनिबार १२:१२

काठमाडौं : छिमेकी…

२२ जेष्ठ २०७७, बिहीबार १६:४१ २२ जेष्ठ २०७७, बिहीबार १६:४१

काठमाडौं : कोरोना…

२८ जेष्ठ २०७७, बुधबार ०७:३९ २८ जेष्ठ २०७७, बुधबार ०७:३९

काठमाडौं : प्रधानमन्त्री…

Techie