प्रदेश मन्त्रीले गरे जुत्ता पसलको उद्घाटन (भिडियो सहित)

काठमाडौं । प्रदेश मन्त्रीहरुको दिनचर्या उद्घाटन र शिलन्यासमा बढी बित्ने गरेका खबर सार्वजनिक भइरहँदा पोखरामा आइतबार अर्को त्यस्तै दृश्य देखियो । गण्डकी प्रदेशका पर्यटन, वन तथा उद्योग मन्त्री विकास लम्साल पोखराको सभागृह चोकमा हालै खोलिएको देव गङ्गा सुज सेन्टरको उद्घाटन गर्न पुगे । रिबन काटेर पसलको उद्घाटन गरेर र केहीबेर भाषण गरेका मन्त्री लम्सालले जुत्ता पसलको उदघाटन गरेको विषयमा एभिन्यूज खबरको प्रश्नमा व्यवसाय प्रमोसन गर्न तथा हाम्रो बजार बिदेशी मार्केटले कब्जा गरेको अबस्थामा आफ्नो उत्पादन बृद्धि र टेवाको लागि आफु उद्घाटन गर्न आएको बताए । यस्तै साना साना व्यवसाय पर्मोटका लागि जाने पनि बताए ।
सामान्य कार्यक्रममा पनि मन्त्री जाने हो भने प्रदेश विकासको काम पछि पर्ने हो की भन्ने चिन्ता बढेको छ । सामान्य जुत्ता पसलको उद्घाटनका लागि पनि प्रदेश मन्त्री लम्साल पुगेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

हेर्नुहोस् भिडियो  :

तपाईको प्रतिक्रिया

Techie