प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ स्थिर

काठमाडौ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए।‘उहाँका सबै मुख्य सुचांकहरू राम्रो अवस्थामा छन्। उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,’ खड्काले भने।

प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली थियो ।

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा.सुवास आचार्य लगायतका टोलीको सहभागिता रहेको असपतालले जनाएको छ ।

मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडियो

 

तपाईको प्रतिक्रिया

Techie