प्रतिपक्षी कांग्रेसको प्रदर्शनमा सरकार र राजावादीको आलोचना

काठमाडौ । नेपाली कांग्रेसका शिर्ष नेताहरुले सरकार, नेकपा र राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनको आलोचना गरेका छन । सरकार विरोधी प्रदर्शनका क्रममा विभिन्न जिल्ला पुगेका कांग्रेस शिर्ष नेताहरुले सरकार कोरोना नियन्त्रणभन्दा भ्रष्टाचार र अनियमितामा लिप्त भएको आरोप लगाए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजसंस्था पक्षधरहरु सक्रिय भएको आरोप लगाएका छन । हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशमा वर्तमान व्यवस्था विरुद्ध राजसंस्था पक्षधरहरुले गरेको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार भएको बताएका हुन । कम्युनिष्ट सरकारका कारण देशमा राजा आउ देश बचाउ नारा लागेपनि कुनैपनि हालतमा त्यो सम्भव नभएको सभापति देउवाको भनाइ छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली नेतृत्वको सरकारको गतिविधिका कारण जनता आजित भएको बताए ।

काठमाडौं जिल्लाको प्रर्दशनलाई संम्बोधन गर्दै नेता रामचन्द्र पौडेले सरकारले भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप लगाए । मुलक कोरोना महामारीले विक्षिप्त बनेको समयमा सरकार स्वास्थ्य समाग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोप लगाउदै सरकार भ्रष्टाचारको दलमा फंसेको बताए । नेता पौडलले पछिल्लो समय संघिय लोकतन्त्र गणतन्त्र माथि विभिन्न तत्वले प्रहार गर्न खोजेको ओरोप समेत लगाए । लोकतन्त्र समाप्त पार्ने प्रतिगामी तत्वको अन्त्यका लागि समेत नेपाली कांग्रेस आन्दोलन उत्रनु परेको उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए ।
मोरङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शसांक कोइरालाले कोरोना संक्रमण नियन्त्रण र भ्रष्टाचार रोक्न सरकार असफल भएको बताए । विना दृष्टिको सरकारले जनतालाई दुःख दिएको उनको आरोप छ ।
उता कैलालीमा कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको घर झगडा मिलाउन लागि परेकोमा आपत्ति जनाए । सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न चेतावनी दिदै थापाले राजा फाल्ने जनताले राष्ट्रपति पनि फाल्ने चेतावनी दिए ।
नेता थापाले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए । भ्रष्टाचारी हेर्न बालुवाटार गए पुग्ने उनको भनाइ थियो । उनले आफैलाई बचाउन नसकेका राजाले जनतालाई बचाउने भ्रममा नपर्न समेत जनतालाई आग्रह गरे ।।

तपाईको प्रतिक्रिया

Techie