प्रतिनिधि सभा विघटन गरेर छोरी कुटेर बुहारी तर्साउने काम गरे: कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता

काठमाडौ । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतालाई आहत पु¥याउने काम गरेको धारणा राखेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा भाग लिएका कानुन व्यवसायीले यस्तो धारणा राखेका हुन् । बहसमा भाग लिँदै ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउनुको साटो प्रतिनिधि सभा विघटन गरेर छोरी कुटेर बुहारी तर्साउने काम गरेको बताए । उनले आफ्नो पार्टीभित्रका नेताहरुलाई मिलाउन नसकेर व्यवस्थामाथि नै प्रहार गरेको पनि बताए । यस्तै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री ओलीको कदम राजनीतिक नभई संवैधानिक त्रुटि भएको बताए । प्रतिनिधि सभा विघटन निर्णयबारे अदालतलाई दिएको जवाफमा ओलीले व्यवस्थामाथि नै प्रहार गर्ने कदम राजनीतिक नभई संवैधानिक भएको बताएका हुन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा दर्ता भएका आधा दर्जन रिटमाथि बहस गर्न साढे तीन सय अधिवक्ताले नाम टिपाएका छन् ।

तपाईको प्रतिक्रिया

Techie