प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले आज विराटनगरमा जनसभा गर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोध सभा गर्दैछ । दिउँसो हुने विरोध सभालाई पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभाअघि बरगाछी, तिनपैनी, हाटखोला र रोडषेश चौकबाट र्‍याली निकाल्ने तयारी छ । सभामा ६० हजार बढि जनता सहभागी हुने दावी आयोजकले गरेकाछन ।

सो समूहले बिहीबार बुटवलमा सभा गरेको थियो । प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल नेपाल समूह तेस्रो चरणको आन्दोलनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie