प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, सवारी चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie