पोखराबाट ८ सय बढीले लिए पुनः श्रम स्वीकृति

पोखरा : कारोना भाइरसको कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

यसअघि प्रतिदिन एकसयको हाराहारीमा सेवाग्राहीले पुनः श्रम स्वीकृति लिने गरेको भएपनि कोरोनाका कारण संख्या भने केही कम भएको छ ।

लकडाउनका कारण छ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने श्रम कार्यालयको अनुमान छ । चालु आर्थिक वर्ष २०७७/०७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन् ।

यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन् भने आश्विन १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie