पेस्तोलसहित विप्लव समुहका केन्द्रीय सदस्य र ब्युरो इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समुह नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ परेका छन् ।गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य निर्वाण भन्ने ओम प्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्युरो इञ्चार्ज पूर्णिमा भन्ने गौरा धामी रहेका छन् ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie