पृथ्वी राजमार्गमा दुई सय भन्दा बढी पहिरो, सडक सुचारु हुन दुई दिन लाग्ने

चितवन : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सय भन्दा बढी पहिरो खसेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला दुई सयवटा पहिरो खसेका छन । आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारी कार्यालयको छ । त्यसका लागि कम्तिमा दुई दिन लाग्ने सम्भावना छ ।

सडक कसरी सुचारु गर्ने भन्ने विषयमा स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीविच छलफल जारी छ । पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न सकिने अवस्था नरहेको सडक विभागले जनाएको छ । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको विभागको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन ।

पानी रोकिएमा एकतफी सडक खोल्न सकिने सडक कार्यालयले जनाएको छ । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

४ जेष्ठ २०७७, आईतवार १२:४९ ४ जेष्ठ २०७७, आईतवार १२:४९

काठमाडौं : प्रमुख…

१४ श्रावण २०७७, बुधबार ०९:२६ १४ श्रावण २०७७, बुधबार ०९:२६

कैलाली : अविरल वर्षाका…

२४ भाद्र २०७७, बुधबार ०८:२४ २४ भाद्र २०७७, बुधबार ०८:२४

काठमाडौं : काठमाडौं…

Techie