पूर्व ओल्म्पियन नयना शाक्यलाई कोरोना संक्रमण

काठमाडौं : पूर्व ओल्म्पियन तथा साफ स्वर्ण विजेता पौडी खेलाडी नयना शाक्यलाई कोरोना संक्रमण भएको छ । उनका श्रीमान तथा बास्केटबल प्रशिक्षक विकास शाही र छोरा इभानलाई पनि कोरोना संक्रमण भएको नयनाले फेसबुकमा लेखिकी छिन् ।

घरमा भाडामा बस्नेलाई कोरोना भएपछि आफुहरूलाई सरेको हुन सक्ने नयनाले बताइन् । उनको रिपोर्ट भने हिजो आएको हो । साढे तीन वर्षको छोरालाई संक्रमण हुदा केहि आतिएपनि अहिले मानसिक रूपमा बलियो भएको बताइन् । केही दिन अगाडि सामान्य लक्षण देखिएपनि अहिले सबैलाई कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ । उनी अहिले डाक्टरको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेकी छिन् ।

नयानाले आठौं साफमा नेपालकोलागि पौडीको टिम स्पर्धामा स्तुती सिंह, रुना प्रधान र रूबिना प्रधानसँग मिली ऐतिहासिक स्वर्ण जितेकी थिइन् । उनले सन २००४ को एथेन्स ओलम्पिकमामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । पाँचौ राष्ट्रिय खेलकुदमा नौ स्वर्ण जितेकी थिइन् ।उनको नाममा अहिलेपनि २०० मिटर बटरफ्लाइमा राष्ट्रिय रेकर्ड रहेको छ ।

Hello Everyone, hope you all are fit and fine and are taking care of you and your family. Recently one of our store…

Posted by Nayana Shakya on Tuesday, September 15, 2020

तपाईको प्रतिक्रिया

Techie