पुल निर्माण अलपत्र पार्ने ठेकेदारको कारवाही बिबरण माग

काठमाडौ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रुग्ण पुलहरुको निर्माण सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । विभिन्न निर्माणाधिन पुलहरुको सन्दर्भमा छलफल गर्न बसेको समितिको बैठकले देशभर रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले काठमाडौंको टेकु स्थित विष्णुमती पुलको प्राविधिक पक्ष र गुणस्तरमा कमि भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले निर्माणधिन तिनकुनेको बागमती पुल, हुलाकी राजमार्गमा पर्ने बागमती पुल र रौतहतको टिकुलियामा रहेको पुलको निर्माण समयमै सम्पन्न नगर्नेमाथि कस्तो कारबाही भएको छ विवरण उपलब्ध गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie