पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको बताएका हुन् ।

परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित हुने बताउँदै प्रधानमन्त्री ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन नसक्ने पनि उल्लेख गरेका छन् ।

गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए ।

गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुने भए पनि हिंसा र आतङ्कको प्रयोग स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ छ । कोरोना महामारी विरुद्धको कठिन संघर्षमा नेपालीले जुधिरहेको चर्चा गर्दै उनले कोरोनाको चुनौतीलाई परास्त गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१५ बैशाख २०७७, सोमबार १३:१९ १५ बैशाख २०७७, सोमबार १३:१९

काठमाडौं : लकडाउनलाई…

२६ माघ २०७७, सोमबार १०:५२ २६ माघ २०७७, सोमबार १०:५२

काठमाडौं : भारतको…

२६ बैशाख २०७७, शुक्रबार १७:०८ २६ बैशाख २०७७, शुक्रबार १७:०८

संघीय संसदको छैठौँ…

Techie