पीसीआर रिपोर्ट नेगेटिभ भएका विरामिमा कोभिड निमोनिया ! (भिडियो रिर्पोट )

काठमाडौं:  कोरोनाको समान्य खालको लक्षण देखिएका विरामी समेत घरमै आइसोलेसनमा बस्ने क्रम बढेको छ । साथै कोरोना परिक्षण नगर्नेको संख्या पनि बढेको छ । जसका कारण समान्य खालका कोरोना संक्रमितमा सुरुमा जटिलता नदेखिइ कोरोना निको भए पनि निमोनियको संक्रमण देखिन थालेको छ ।
पछिल्लो समय अस्पतालमा कोभिड निमोनियाका विरामी बढ्न थालेका छन् । स्वास्व प्रश्वासमा समस्या देखिन थालेपछि अस्पतालमा पुग्ने अधिंकासमा कोभिड निमोनिया देखिन थालेको हो । तर निमोनिया देखिएका विरामीमा कोरोना संक्रमण भने नेगेटिभ देखिने गरेको छ । कोरोना संक्रमण तथा मौषमी रुघाखोकीको लक्षण समान्यत उस्तै उस्तै हुन्छ । जसका कारण संक्रमित घरमै बस्ने तथा परिक्षण समेत नगराउने भएका कारण संक्रमणले निमोनिया गराई सक्ने तर १५ दिनपछि कोरोना संक्रमण नेगेटिभ देखिने गरेको विज्ञहरु बताउँछन् ।

केही समययता कोरोनाले भने निमोनिया गराईसकेका विरामीको संख्या बढेको कोरोना संक्रमितको उपचार गराउदै आएका अस्पतालहरुले जानकारी दिएका छन । अस्पताल पुग्ने धेरै जस्तो विरामीमा कोरोना परिक्षणमा नेगेटिभ देखिने तर फोक्सोको एक्सरे गर्दा कोभिड निमोनिया देखिने गरेको छ । कोरोना संक्रमणपछि घरमै बस्ने र संक्रमणले शिथिल नबनाएसम्म अस्पताल नजाने गर्दा जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

सामान्य खालका लक्षण देखिएका कोरोना संक्रमितले समेत परिक्षणमा वेवास्ता गर्दा तथा परिक्षण कम हुदाँ कोरोना संक्रमितको संख्या कम देखिन थालेको छ । तर कोरोनाको समान्य लक्षण देखिएका व्यतिmले परिक्षण नै नगरि घरमै आइसोलेसनमा बस्दा संक्रमणले भित्र भित्र असर पार्न सक्ने जोखिम बढेको चिकित्सकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie