पार्टीलाई एकताबद्ध गर्न खनालको आह्वान

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको बताएका छन् । पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको सन्दर्भमा सन्देश जारी गर्दै उनले पार्टीलाई थप एकताबद्ध गरी समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै श्रेष्ठप्रति सम्मान हुने बताएका हुन । नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्ष पार गर्ने क्रममा असाधारण उपलब्धिहरु सँगसँगै ठूलठूला चुनौतीहरु पनि खडा भएको खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खनाल केही समयदेखि भारतको नयाँ दिल्लीमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

Techie