पार्टीमा आफूलाई नै सर्वेसर्वा ठान्ने मनोवृद्धिले समस्या ल्यायो – माधवकुमार नेपाल

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा आफूलाई नै सर्वेसर्वा ठान्ने मनोवृद्धिले समस्या ल्याएको बताएका छन् । बुधबार वीरगन्जमा नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन गर्दै नेता नेपालले पार्टीमा आफू नै सबैथोक र अरुलाई पछुवा ठान्ने मनोवृद्धि हटे विवाद समाधान हुने बताएका हुन् । पार्टी कमजोर जगमा नउभिएकाले फुटको सम्भावना भने नरहेको उल्लेख गर्दै नेता नेपालले सबै विवादको छिनोफानो बैठकबाटै गरिने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवा बढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Techie