पार्टीभित्र झगडाका कारण कार्यकर्ताले पार्टी त्यागे

काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख शिवप्रसाद हुँमागाईले पछिल्ला दिनहरुमा नेकपामा चलिरहेको द्धन्द्धकै कारण कार्यतर्ताहरुले पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेको बताए । शनिवार काभ्रेको भुम्लु गाउँपालिकास्थित वडा नं. ८ मा पार्टीको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपाको सरकारले शक्ति बाँडफाँड र आपसी झैझगडामा मात्र लाग्ने देखेर नेकपा कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका हुमागाँईले नव प्रवेशीहरुलाई स्वागत समेत गरेका थिए । नेकपाले समस्त मतदाताहरुको अपमान गरेको कारण नेकपा कार्यकर्ताहरु रुष्ट भई कांग्रेस रोजेको उनको भनाई छ । सो अवसरमा उनले अहिले कांग्रेस जुन अवस्थामा छ, त्यसरी पार्टी सञ्चालनमा क्रियाशिल हुन नसक्ने भन्दै अबको दिनमा कांग्रेसले पनि सुधार गर्न जरुरी रहेको हुमागाँईले बताए ।


कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले नव प्रवेशीहरुलाई चारतारे झण्डामुनि गोलबन्द भएकोमा स्वागत गर्दै उचित जिम्मेवारीका साथ पार्टीमा सक्रिय हुने अवसर प्रदान गर्ने बताए ।


नेपाली कांग्रेस भुम्लु गाउँसभापति तस्बिर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुम्लु गाउँपालिकाका ५ सय भन्दा बढि ब्यत्तिःहरु अन्य पार्टी परित्याग गरी कांग्रेस पार्टी प्रवेश गरेका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद एवं संविधान सभासदस्य तिर्थ लामा, जिल्ला उपसभापति अच्युत पौडेल, क्षेत्र नं २ ख का प्रदेश सांसद उम्मेदवार सुन्दरमणी आचार्य, पाँचखाल नगरप्रमुख महेश खरेल, तरुण दल जिल्ला सभापती दावा लामा लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

Techie