पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्या समाधान हुने : नेपाल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन् । काठमाडौंमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताए । बहस, बैठक र कमिटी प्रणालीबाट भाग्ने प्रवृत्ति नरोकिएसम्म पार्टी भित्रको समस्याको समाधान हुन नसक्ने नेता नेपालको भनाइ छ ।
नेता नेपालले पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि बताए ।।

तपाईको प्रतिक्रिया

Techie