पारिश्रमिक नपाएको भन्दै होटल अन्नपुर्णका कर्मचारी आन्दोलनमा

काठमाडौं : लकडाउनसँगै पारिश्रमिक नपाएको भन्दै काठमाडौंको दरबरमार्गस्थित होटल अन्नपुर्णका कर्मचारी आन्दोलनमा उत्रेका छन् । उनीहरुले तीन महिनादेखिको बाँकी पारिश्रमिक भुक्तानीको माग गर्दै आज होटलमा प्रदर्शन गरेका हुन् ।

सरकारले तोकेको मापदण्ड अनुसार पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उनीहरुले होटल परिसरमा प्रदर्शन गरेका हुन् । मजदुरहरुले बैशाखदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउन नसक्ने भएपछि तत्काललाई एक महिनाको रकम दिन माग गरेका छन् ।

कार्यक्रममा मजदुर युनियनहरुले मजदुरहरुलाई राहत समेत उपलब्ध गराएका छन् । होटलले पारिश्रमिक नदिँदा भोकै पर्ने अवस्था आएको भन्दै उनीहरुले राहत वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Techie