पारस खड्का दशकको उत्कृष्ट एशोसियट खेलाडीको मनोनयनमा पर्न सफल

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टिमक पुर्व कप्तान पारस खडका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको दशकको उत्कृष्ट एशोसियट खेलाडीको मनोनयनमा पर्न सफल भएका छन । यो विधामा नेपालकस पारस खड्कासहित स्कटल्याण्डका तीन खेलाडी काइल कोट्जर,कलम ममयाकलोयड र रिची बेरुङटन, पपुवा न्युगिनीका अशद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन। नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान र खेलाडी हुन पारस खडका। उनको नेतृत्वमा नेपालले धेरै ऐतिहासिक सफलता प्राप्त गरेको छ। उनकै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि ओडिआइको मान्यता प्राप्त गरेको हो। पारसकै कप्तानीमा नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप सन २०१४ मा बङ्गलादेशमा खेलेको थियो। साथै उनको नामा धेरै व्यक्तिगत रेकर्डहरू पनि रहेको छ। केहि समय अगाडी भने पारसले कप्तानको जिम्मेवारी त्यागेका थिए। आईसीसीले अन्य विधामा पनि दशकको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। तर अवार्डको मिति भने तोकेको छैन। नेपालबाट पारस खडका मात्र मनोनयनमा परेका छन ।

तपाईको प्रतिक्रिया

Techie