पाटनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौ ।ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो । उनी साउन छ गते अस्पताल भर्ना भएकी थिइन । मृतक महिला ललितपुर थसिखेल कि बासिन्दा हुन । वीरगञ्जवाट फर्केपछि उनीमा कोरोना संक्रमण देखिएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie