पाकिस्तानमा पहिलो पटक मेट्रो रेलको सुरुवात

एजेन्सी : पाकिस्तानले पहिलो पटक देशमा मेट्रो रेलको सुरुवात गरेको छ । चिनिया सहयोगमा पाकिस्तानको पन्जाबको राजधानी लाहोरमा देशकै पहिला मेट्रो लाइनमा रेल सञ्चालनमा आएको हो ।

करिब २७ किलोमिटर लामो यो मेट्रो लाइनको पन्जाबका मुख्यमन्त्री उस्मान बुजदारले उदघाटन गरे । मेट्रो सञ्चालनमा आएसँगै यसअघि साढे दुईघन्टा लाग्ने ठाँउमा ४५ मिनेटमै ओदोरदोहोर गर्न सकिने भएको छ ।

मेट्रोमा दैनिक करिब एक लाख मानिसले यात्रा गर्न सकिने सब्ने बताइएको छ । मेट्रो रेल निर्माणमा करिव ३ सय अर्ब खर्च भएको छ । चीनले बेल्ट एन्ड रोड परियोजना अन्र्तगत मेट्रोमा लथानी गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie