पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पर्दा १६ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पर्दा १६ जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिएर दुर्घटना भएको हो ।

पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको बस माटोको ढिस्कोले पुरिदा बसमा सवार सबैजनाको मृत्यु भएको हो । बसमा महिला, बालबालिका र केही सुरक्षाकर्मीहरु चढेका थिए । लगातारको वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie