पाकिस्तानका पूर्वप्रधानमन्त्री साहिद खाकान अब्बासीलाई कोरोना भाइरसको संक्रमण

पाकिस्तानका पूर्वप्रधानमन्त्री साहिद खाकान अब्बासीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई कोरोना भाइरसको संक्रमण भएको उनको परिवारले पुष्टि गरेको हो । उनी अहिले सेल्फ आइसोलेसनमा रहेको जनाइएको छ । उनले सन् २०१७ देखि २०१८ सम्म १० महिना पाकिस्तानको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी रेलमन्त्री शेख रासिद अहमेद र उत्तरपूर्वी प्रान्त पञ्जाबका पूर्वस्वास्थ्यमन्त्री ख्वाजा सलमान राफिकलाई पनि कोरोना संक्रमण भएको छ । रेलमन्त्री राउलपिन्डिस्थित घरमै आइसोलेसनमा रहेको उनको प्रवक्ताले बताएका छन । त्यसैगरी दक्षिणपूर्वी प्रान्त सिन्धका गभर्नर इमरान इस्माइल र सभामुख असद क्वासेरलाई पनि कोरोना संक्रमण भएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन । पाकिस्तानमा हाल कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । कोरोना संक्रमणवाट २ हजार ६७ जनाको मृत्यु भएको छ । हालसम्म ३४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन ।

तपाईको प्रतिक्रिया

Techie