पशुजन्य तथा जैविक बस्तुको आयातमा रोक लगाउने तयारी

 

काठमाडौं:  विश्व स्वास्थ्य संगठन डव्लुएचओले नेपाल लगायत सातवटा राष्ट्रलाई कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएपछि नेपाल सरकारले सतर्कता बढाएको छ । यसैबीच पशु सेवा विभागले कोरोना संक्रमण देखिएका देशहरुबाट पशुजन्य तथा जैविक बस्तुको आयातमा रोक लगाउने तयारी गरेको छ । केहि समयका लागि उच्च सर्तकता अपनाउनु पर्ने देखिएकोले पशुपन्छि जन्य र जैविक उत्पादनमा रोक लगाउने तयारी गरिएको हो ।

नेपालले मासु एवं पशुपन्छी जन्य उत्पादनहरु विशेष गरी भारत, चीन , पाकिस्तान , खाडी मुलुक, ब्राजिल, इटाली लगायतका राष्ट्रहरुबाट आयात गर्ने गरेको छ । विभागले पशुपन्छि जन्य एवं जैविक उत्पादनको आयातमाथि रोक लगाउने तयारी गरेको बताए पनि उसले कुन कुन देशबाट कुन सामग्रीको आयातमा रोक लगाउने बारे भने खुलाउन चाहेन ।

तपाईको प्रतिक्रिया

Techie