पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण

काठमाडौं : पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप मानिसमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना महिला रहेका छन । संक्रमितहरु वीरगञ्जको घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।

वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालाको अनुसार वीरगंजको हालको संक्रमण दर १५ प्रतिशतको हाराहारीमा रहेको छ ।

सुरुमा भारतवाट फर्कनेमा मात्रै संक्रमण देखिएकोमा पछिल्ला समय अस्पताल, क्वारेन्टाइनबाट बाहिर अर्थात् समुदायस्तरमै संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणका लागि साउन १९ गतेदेखि पर्सामा निषेधाज्ञा पनि जारी गरिएको छ । बाराको प्रसौनीका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie