पर्वतको क्वारेन्टिनमा ५२ वर्षीय पुरुषको मृत्यु

पर्वत : पर्वतको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पैयुँ गाउँपालिका–६ का ५२ वर्षीय पुरुष रहेका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टिममा पठाइएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

क्वारेन्टिनमै बसेको समयमा श्वासप्रश्वासमा समस्या आएर बेहोस भएपछि उनलाई हिजो अस्पताल पुर्याइएको थियो । असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसपछि उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्ने गरी पठाइएको थियो । उनी उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie