परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज बंगलादेश जाँदै छन् । समकक्षी डाक्टर एके अब्दुल मोमेनको निमन्त्रणामा उनली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ढाका जान लागेका हुन् । मन्त्री ज्ञवालीसँगै परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति र उर्जा मन्त्रालयका उच्च अधिकारीहरु पनि भ्रमण टोलीमा रहने छन् ।

ढाकामा मंगलबार नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुँदैछ । वार्तामा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धि लगायतका विषयमा छलफल हुनेछ । बैठकमा सहुलियतपूर्ण व्यापार सम्झौताबारे विशेषरुपमा छलफल गर्ने नेपालको योजना छ ।

दुवै देशका ऊर्जा सचिव र सहसचिवको नेतृत्वमा बनेका संयुक्त संयन्त्र, विद्युत् उत्पादन एवं प्रसारणसम्बन्धी संयुक्त प्राविधिक संयन्त्रका विगतका भएका बैठकको समीक्षा पनि भ्रमणका क्रममा हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie