“पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने”

अमेरिका पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने भएका छन् । अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी ‘आईसीई’ले अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गर्ने घोषणा गरेको हो । कोरोनाभाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन । आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने खुलेको छैन । आईसीईको निर्णयको अमेरिकामै आलोचना भएको छ । प्रत्येक वर्ष ठूलो संख्यमा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने गर्दछन । ति विद्यार्थीहरुले तिर्ने शुल्क विश्वविद्यालयको महत्वपूर्ण आर्थिक स्रोतको रुपमा रहेका छन । सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए । अमेरिकामा करिव १३ हजार नेपाली विद्यार्थी अध्ययनरत छन ।

तपाईको प्रतिक्रिया

Techie