न्यूरोडका अधिकांश पसल खुले

काठमाडौं : सरकारले लकडाउनलाई खुकुलो बनाएपछि उपत्यकाका अधिकांश पसलहरु खुला भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउँदै सबै पसलहरु खुला गर्न दिने निर्णय गरेको थियो ।

लकडाउन खुकुलो भएपनि हिजो उपत्यकाका पसलहरु खासै खुला थिएनन् । तर आज उपत्यकाका अधिकांश पसलहरु खुला भएका छन् । काठमाडौंको मुख्य बजार मानिने न्यूरोड क्षेत्रमा पनि अधिकांश पसलहरु खुलेका छन् ।

न्यूरोडमा रहेका लुगा पसल, भाडा पसल, किराना पसल लगायत अन्य पसल पनि खुलेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पसलमा सामान खरिद गर्न जाने ग्रहाकहरुको ज्वरो जाँच गरेर मात्र पसलमा पस्न दिने गरिएको छ ।

साथै पसलमा भीड कम गर्न सामाजिक दुरी कायम गरेर विक्री वितरण गरिएको व्यापारीहरु बताउँछन् । पसलमा आउने ग्राहकहरुलाई सेनिटाइजर लगाउन लगाएर मात्र पसलमा प्रवेश दिने गरिएको छ ।

तस्विर : नवीन के श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie